राष्ट्रिय युवा संघ नेपाल बिहादी गाउँपालिका वडा नं.१ को प्रथम अधिबेशन सप्पन्न


पर्वत, भदौ २८ । राष्ट्रिय युवा संघ नेपाल बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । लोक बहादुर गुरुङ्ग को अध्यक्षतामा ३१ सदस्यिय कमिटि गठन गर्दै अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष सुनिल सिंह बानियाले युवा संघसधै बिकृती बिसङगती विरुद्ध जुद्दै आम युवाको मत जित्न सक्ने गरि स्थापित नेकपा एमाले को जनसंगठनको नेता संगठन हो र आसन्न निर्वाचनमा भर्खरै स्थानीय निर्वाचनको परिणाम उल्टाउने गरि लाग्न निर्देशन दिनुभयो । उहाँले आम युवा मिलि गाउँपालिका भित्रका अराजक गतिबिधिका साथै अनैतिक भ्रस्टाचार तथा बिकृती बिसङगती विरुद्ध अभिछिन्न लाग्नु पर्नेमा जोड दिनुभयो । सो अबसरमा संगठनका जिल्ला सचिव आशिष श्रेष्ठ, वडा ईन्चार्ज सुस्मिता गुरुङ्ग, जननिर्वाचित वडा अध्यक्ष चित्र वहादुर गुरुङ्ग पार्टि वडा कमिटि उपाधयक्ष डम्वर बहादुर गुरुङ्ग तथा जिल्ला सदस्य शैलेश श्रेष्ठ को उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर