जन्मदिनको अवसरमा पाँच विपन्न विद्यार्थीलाई सहयोग


पर्वत, असोज ४ । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बिचमा सामाजिक एवम् मानवीय सेवामा सधै सक्रिय भूमिकामा रहन एक समाजसेवीले विपन्न समुदायका बालवालिकाले अध्यायन गर्ने कुश्माको बाल मन्दिर प्रा.विका ५ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई बिभिन्न शैक्षिक सामाग्री सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवा घर भई हाल कुश्मा बजारमा ब्यापार ब्यवसाय गर्दै आउनुभएका अर्जुन पौडेलले बिपन्न पाँच विद्यार्थीलाई झोला, ड्रेस सेट, पोलर हाइनेक, सुईटर र कापि सहयोग गर्नुभएको हो ।
आफ्नो ३८ आँै जन्मदिनको अवसरमा पौडेलले बाल मन्दिर प्रा.विमा अध्ययनरत दिप कुमाल, दिपेश परियार, संस्कृति बोहोरा, सञ्जना सार्की र विना श्रीसलाई उक्त शैक्षिक सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी पौडेलले हरेक बर्ष जन्मदिनमा आफ्नो खुशी असहाय अपाङ्घ तथा चरम गरिबीसँग जुधेका बालबालिकालाई सहयोग गरी मनाउने गरेको जानकारी दिनुभयो । उहाँले जन्मदिनका कुनै नयाँ योजना नहुने भएकाले जन्मदिनमा अनावश्यक खर्चको योजना नबनाउने गरेको बताउनुभयो ।
सोही अवसरमा बाल मन्दिर प्राविका अध्यक्ष विपिन गुरुङले भविस्यमा राम्रो शैक्षिक जनशक्ती बन्न सक्ने विद्यार्थीलाई आर्थिक अभावले समस्यामा पारेको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

सम्बन्धित खवर