शिक्षक संगठनद्धरा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
११ असोज, पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठनले शुभकामना आदान प्रदान, शिक्षक सम्मान एवं प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ। विश्व शिक्षक दिवस एवं शुभ विजयादशमी, दिपावली तथा छठ पर्व २०७९ को अवसरमा शिक्षक संगठनले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य कल्पना चापागाईले शिक्षकको अधिकार स्थापीतका लागि शिक्षक आन्दोलन निरन्तर हुनुपर्ने धारणा राखिन् ।
उनले शिक्षकहरुको हक अधिकार स्थापीत गर्नका लागि शिक्षकहरुको संगठन एकताबद्ध हुनुपर्ने धारणा राखिन् । एमाले केन्द्रिय सदस्य तथा निर्वतमान प्रतिनिधि सभाका सांसद पदम गिरीले नेपालमा वर्गिय आन्दोलनको शुरुवात नै शिक्षकहरुबाट भएका कारण आजको उपलब्धिको प्रमुख हिस्सेदार शिक्षकहरु रहेको उल्लेख गरे । उनले शिक्षकहरुले शिक्षाको ज्योति छर्ने मात्र नभई समग्र सामाजिक आन्दोलनको निर्णाणयक भूमिका पनि शिक्षकहरुले खेल्ने गरेको कुरा उल्लेख गरे ।
कार्यक्रममा संगठनका अग्रज गणेश शर्मा पौडेल,केन्द्रिय सदस्य शारदा कुमारी शर्मा, प्रदेश अध्यक्ष हरिबहादुर लामिछाने, केन्द्रिय पार्शद चिरञ्जिवी अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा शिक्षकहरु शारदा शर्मा, कमला न्यौपाने, सुमित्रा शर्मा, लक्ष्मी परियार लगायतले शिक्षण पेशा सँग सम्बन्धित विभिन्न सन्देशमुलक गीतहरु प्रस्तुत गरेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति पर्वतका सचिव टंकलाल भुषालद्धरा संचालित कार्यक्रमको स्वागत जिल्ला उपाध्यक्ष कमला न्यौपानेले र अध्यक्षता दुर्गाप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा निमावि प्रथम श्रेणीमा बढुवा हुनुभएका शिक्षक संगठनमा आबद्द द्धय महेश्वर शर्मा पौडेल र हरि प्रसाद शर्मालाई पनि सम्मान गरिएको शाखाका कोषाध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिए ।