पर्वतमा आज आकस्मीक बाढिको सम्भावना
२१ असोज, पर्वत । विगत ३ दिन देखिको अविरल बर्षात अझै रोकिएको छैन् । बेमौसमी बर्षातका कारण पर्वत जिल्लाका सवै नदीनालामा वहाब उच्च भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि पर्वत जिल्ला लगाएत देश भर बर्षातको सम्भावना रहेको छ । महाशाखााले जारी गरेको बुलेटिन अनुसार आज पर्वत जिल्लाका नदी नालाहरुमा आकस्मीक बाढिको सम्भावना रहेको छ । महाशाखाले सम्भावित स्थानहरुमा सुरक्षित रुपमा रहन समेत आग्रह गरेको छ । आकस्मीक बाढि आउनसक्ने मध्यम सम्भावना रहेको जिल्लाको रुपमा पर्वत जिल्लालाई पनि राखेको छ ।
अविरल बर्षातका कारण जिल्लाका धेरै सडकहरुमा सवारी साधन चल्न सक्ने अवस्थामा छैनन् ।
मुख्य राजमार्गमा समेत पहिरोले पटक पटक अवरोध गरीरहेको छ । बर्षात कारण कतिपय ग्रामीण क्षेत्रमा पहिरोको उच्च जोखिम बढाएको छ ।
हालसम्म पहिरोका कारण क्षति भएको जानकारी प्राप्त नभए पनि सुरक्षा नियकाले भने सम्भावित पहिरो ग्रस्त स्थान र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्