अध्ययनका लागि सहज तरिकाले क्यानडा जाने सबैभन्दा भरपर्दो माध्यम हो नयाँ बानेश्वरमा रहको ‘गोरेटो’ कन्सल्टेन्सी
काठमाडौँ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडा अध्ययन सम्बन्धी गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको नयाँ बानेश्वरमा आयोजित उक्त कार्यक्रममा क्यानडा जान इच्छुक विद्यार्थी तथा अभिवाहक साथै अन्य सरोकारवालाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समय संगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानाडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरु, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका त्यहाँ बस्दा भविष्यमा प्राप्त हुने विविध अवसर र सामना गर्नुपर्ने चुनौतीहरु लगायत अन्य विभिन्न विषयहरुमा छलफल र अन्तरक्रिया गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानडामा अध्ययन गर्नजाने विद्यार्थीहरुले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरु र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए । विद्यार्थीहरुले क्यानाडा गएपछि सुरुवाती दिनहरुमा कामभन्दा पनि पढाईलाई बढी प्राथमिकतामा राख्न सुझाव दिदै पढाईपछि विद्यार्थीहरुले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरु प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने कुरालाई जोड दिएका थिए ।
यसैक्रममा विद्यार्थीहरुको जिज्ञासाहरुलाई सम्बोधन गर्दै चर्चित तथा लोकप्रिय परामर्शदाता सतिश भट्टले काभ्रे धुलिखेलका सुभाष पराजुली आफूसँगै आफ्नो जीवनसाथीले पनि अध्ययन आवदेन दिन मिल्छ कि मिल्दैन ? भन्दै राखेको प्रश्नमा परामर्शदाता भट्ट बताउँछन् । हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै विद्यार्थी र स्पाउजहरुले एकै पटक आवदेन दिनु भन्दा विद्यार्थीले अध्ययन भिषा प्राप्त गरेपछि मात्र स्पाउजले आवेदन दिँदा राम्रो हुने तर विद्यार्थीको आर्थिक अवस्था, छनौट गरेको प्रोग्राम तथा सम्पूर्ण प्रोफाइल राम्रो छ भने दुवै जनाले एकै पटक आवदेन दिँदा पनि भिषा आइरहेको र प्रक्रिया पनि सरल रहेको छ ।
सोही कार्यक्रममा चितवन भरतपुरवासी सरुका लामिछानेले सन् २०२३ बाट अंग्रेजी प्रवीणता परीक्षा (पीटीई) क्यानडा अध्यागमनलाई स्वीकार्य हुने वा नहुने भनेर सोधेको प्रश्नमा गोरेटो कन्सल्टेन्सीका विद्यार्थी संयोजक प्रकाश रेग्मी उत्तर दिन्छन् । पीटीई आफैमा कोभिडको समयमा लोकप्रियता पाएको अनलाइन कम्प्यूटर प्रणालीबाट लिइने अंग्रेजी प्रवीणता परीक्षा हो ।
सन् २०२३ सुरु भइसक्यो तर आज सम्म कुनै पनि औपचारिक सूचना कहीकतै पनि प्रकाशित भएको छैन । बरु यो नयाँ वर्षबाट पीटीईसहितको आवदेकहरुको सकारात्मक भिषा निर्णय आइईरहेको छ । त्यस्तै संयोजनक रेग्मीले विद्यार्थीहरुलाई ढुक्क भएर पीटीई तयारी गरेर राम्रो अंक प्राप्त गर्दे आवदेन दिन सकिने कुरा विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।
पछिल्लो समय टिकटक, युट्युव लगायत सामाजिक सञ्जालहरुमा क्यानाडाले काम गर्ने भिषा सजिल्लै दिइरहेको छ भन्ने कुराको प्रसंग उठ्दा गोरेटो कन्सेल्टेन्सीका अध्यक्ष धिरज कँडेलले विद्यार्थी तथा सहभागीहरुलाई सजक गराउँदै भन्छन् गोरेटो कन्सल्टेन्सीले काम गर्ने भिषाको आवेदनमा कुनै पनि प्रकारको सहयोग गर्दैन । हामी केवल अध्ययन भिषाको तयारीमा मात्र सहयोग गछौं । पछिल्लो समय टिकटक लगायत अन्य सामाजिक सञ्जालहरुमा एल।एम।आइ।ए। को बारेमा आइरहेको विषय धेरैनै कठिन रहेको र यसमा केवल वैधानिक तथा विश्व्यसनिय संस्थाबाट मात्र सहयोग तथा परामर्श लिन सकिन्छ ।
क्यानडाको अध्ययन भिषामा जान विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थीहरुले आवदेन दिन सक्नेछन् । जसमा विजनेस, कम्प्युटर प्रोग्रामिङ्ग, हस्पिटालिटी, नर्सिङ्ग, फोटोग्राफि, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायत अन्य विभिन्न विषयहरुमा अध्ययनका लागि छनौट गर्नसक्ने छन् । यसका लागि क्यानाडा भरिका सार्वजनिक शैक्षिक संस्थाहरुमा १ वर्षको ट्युसन फि सहित (रु १५ देखि २२ लाख सम्मको लागत) विद्यार्थीहरुले आवदेन दिन सक्नेछन् । अग्रेजी प्रवीणता परीक्षा आई.इ.एल.टि.एस/पीटीईसँगै अध्ययनमा राम्रो अंक ल्याई उत्र्तीण भएका उकृष्ट विद्यार्थीरुले रु २ देखि ९ लाख बढीमा छात्रवृत्ति पाउनसक्ने जानकारी परामर्शदाता कँडेलले उक्त कार्यक्रमको दौरानमा जानकारी दिएका थिए ।