मृगौला पिडित गिरिलाइ सहयोग


पर्वत । दुवै कोखा दुखेर हैरान भएका गोपाल गिरी माघ २९ गते एक्कासी बेहोस भए । हतार–हतार श्रीमती जयन्ती गिरीले उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पुर्याईन् । वीमाको रकम र सरसापट गरेर लगेको ५० हजार समेत चुर्लुम्म सकियो तर विमारी निको भएनन् । उनलाई अझै थप उपचारका लागि काठमाडौं लग्न रिफर गरियो ।
बसेलको नेतृत्वमा प्राप्त सहयोग रकम मध्ये पर्वत स्थायी घर भई हाल अमेरिका रहँदै आएका सूर्य पौडेलबाट एकसय ११, किसान पुरीबाट एकसय एक, सुरेश रेग्मीबाट ५१, श्याम पौडेलबाट ५१, बाबुराम शर्माबाट एकसय पाँच, आशिष शाक्यबाट एकसय एक, सुविन जि.टी.बाट एकसय पाँच र पुनम बसेलबाट एकसय पाँच अमेरिकी डलर सहयोग संकलन भएको राजु पौडेलले बताए ।
१३ दिनको गण्डकी अस्पताल बसाई पछि वीर अस्पताल रिफर गरिएका गिरी भने काठमाडौं जानुको बदला कुश्माका लागि गाडी चढे । कारण थियो, उनीसँग थप उपचार गर्ने रकमको अभाव । त्यही अभाव र पीडालाई अनलाईन पत्रिका र सामाजिक संजालमा पढेका पुनमले आफ्नो गास काटेर र साथीभाईसँग अनुरोध गरेर एकलाख रुपैंया जोहो गरे ।
विगत ३/४ वर्षअघिबाट मृगौला र पिसाव थैली लगायतका समस्या झेल्दै जीवन मरणको दोसाँधमा बाँचिरहेका गोपाल गिरीलाई उनै कुश्मा नगरपालिका–४ स्थायी घर भई हाल अमेरिका बस्दै आएका पुनम बसेलले पठाएको एकलाख रुपैंया पीडित पक्षलाई हस्तान्तण गरिएको छ ।
आज कुश्मा नगरपालिकामा भएको एक कार्यक्रमका बीच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको हातबाट उक्त रकम पीडितकी श्रमितीलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख जोशीले मृगौला पीडित गोपाल गिरीको पूर्ण स्वास्थ्य लाभको कामना गरे । उनले आफ्नो मातृभूमी सम्झी समुन्द्रपारीबाट गरिएको सहयोगको प्रशंसा गरे । उनले भने –‘अमेरिकामा रहेर पनि आफ्नो गाउँठाउँको दुःखमा सहयोग गरिररहने, निरन्तर सझिरहने सहयोगी मनका धनी पुनम बसेल लगायत सहयोगी मनहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’ सोही कार्यक्रममा बोल्दै मेयर जोशीले पीडित परिवारलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
बसेलको नेतृत्वमा प्राप्त सहयोग रकम मध्ये पर्वत स्थायी घर भई हाल अमेरिका रहँदै आएका सूर्य पौडेलबाट एकसय ११, किसान पुरीबाट एकसय एक, सुरेश रेग्मीबाट ५१, श्याम पौडेलबाट ५१, बाबुराम शर्माबाट एकसय पाँच, आशिष शाक्यबाट एकसय एक, सुविन जि.टी.बाट एकसय पाँच र पुनम बसेलबाट एकसय पाँच अमेरिकी डलर सहयोग संकलन भएको कार्यक्रममा संचालक राजु पौडेलले जानकारी दिए ।
घटनाक्रम मिडिया प्रा.लि.ले संयोजन गरेको उक्त कार्यक्रममा स्थानीय सामाजिक व्यक्तित्व बेलबहादुर सार्की, संचारकर्मी सुमन थापा, रोशन तिवारी, महेन्द्र जि.सी. लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर