कुश्मामा रहेको राष्ट्रिय बालशिक्षा सदन बोडिङ स्कुलले शुरु ग¥र्यो खेलकुद सप्ताह

पर्बत माघ २१/ पर्वतको कुस्माबजार स्थित राष्ट्रिय बाल शिक्षा सदन अङग्रेजीआवासिय माध्यामिक बिद्यालयमा खेलकुद सप्ताह शुरु भएको छ । बिद्यार्थीलाई शारिरीक रूपमा चूस्त दुरूस्त राख्न र बिद्यार्थीका अन्तरनिहीत प्रतिभालाई प्रस्फूटन गर्ने उदेस्यले आयोजना गरिएको खेलकुद सप्ताहको सोमबार देखि सप्ताह शुरु भएको हो ।सप्ताहको बिद्यालय सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद शर्माले खेलकुद सप्ताहका मूल संयोजक तथा अनुशासन ईन्चार्ज बिकास केसीलाई खेलकुद सामाग्री हस्तान्त्रण गरी उद्घाटन गर्नुभयो । खेलुकद सप्ताहमा बिभिन्न ८ बिधामा माद्यमिक तह र बिभिन्न ७ बिधामा प्राथमिक तहका बिद्यार्थिहरूलाई सहभागी गराईने बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकालले बताउनुभयो। पर्वतकै जेठो यो बिद्यालयले पठनपाठन अलावा तेक्वान्दो , बक्तिवत्वकला हांजिरीजबाफ नृत्य शैक्षिक भ्रमण चित्रकला हस्तकला लगायतका बिभिन्न अतिरिक्त कृयाकलाप गर्दै आईरहेको छ । बिद्यालयका प्रिन्लिपल थानेश्वर ढकालको अद्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व प्राथमिक तह शिक्षक ईन्चार्ज कल्पना क्षत्री , अनुशासन ईन्चार्ज बिकास केसी, शेयर सदस्य स्य चक्रपाणि शर्मा , लेखा प्रमुख अच्युत तिवारी लगायतले शुभकामना राख्नुभएको थियो । कार्यक्रमको सन्चालन निम्न माद्यमिक तह शिक्षक ईन्चार्ज प्रकास आचार्यले गर्नुभएको स्काउट शिक्षक मिना खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खवर