महाशिलाको पाखापानीमा रहेको भूपू बिद्यार्थी मञ्चद्धारा खेलाडीलाई जर्सी उपहार


पर्बत, फागुन ४ । स्थापना देखि बिद्यालयको चौतर्फी बिकाशमा कृयाशिल हुँदै आएको पुर्व बिधार्थिहरुको सस्था भू.पू बिधार्थी मञ्च स्वधर्म माबी पाखापानीले राष्ट्रपति कप खेलकुद प्रतियोगितामा भाग लिने स्वधर्म माबिका १५ जना खेलाडी र दुई जना अफिसियल लाई जर्सी सौजन्य गरेको छ । महाशिला गाउँपालिकाको बालाकोटमा आयोजना भएको प्रतियोगिता शनिबारबाट सुरु भएको छ भने उक्त प्रतियोगितामा पालिकाका सबै बिध्यालयले आफ्नो खेल देखाउने अबसर प्रदान गरेका छन ।बिद्यालयको हरेक रचनात्मक कार्यक्रम मा हातेमालो गर्दै आएको मञ्चका कार्यबाहक अध्यक्ष राजु अधिकारीले सो अबसरमा जर्सी हस्तान्तरण गरेका हुन । खेलमा बिद्यालय को राम्रो प्रर्दशन को लागि उनी आफै मैदान मा खटिएका छन भने यो प्रसंनीय कार्यको पुर्व बिधार्थी र गुरुवर्गबाट प्रसंसा गरिएको छ । स्थापनाको यो ९ बर्षमा मञ्चले भौतिक सुधारको लागि उल्लेख्य सहयोग मात्र होईन शैक्षिक गुणस्तर अभिबृद्धिको लागि आफ्नै खर्चमा अतिरिक्त कक्षा पनि सञ्चालन गर्दै आउनुका साथै बार्सिक रुपमा २० जना बिधार्थिलाई शैक्षिक पुरस्कार प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर