महाशिला गाउँपालिकामा आयोजित प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी


पर्बत, फागुन ५ । महाशिला गाउँपालिकाको आयोजनामा शनिबारबाट शुरु भएको प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०७६ मा बिभिन्न खेलहरु भईरहेका छन । कृष्ण गोपाल गुरुङ स्मृति बालाकोट दह खेलमैदानमा भएको प्रतियोगीतामा सोमबार सम्म ७ वटा बिद्याका खेलहरु सम्पन्न भईसकेको आयोजक महाशिला गाउँपालिकाले जनाएको छ । जस अन्र्तगत २ सय ४ सय र ८ सय मिटर रनिङ दौड प्रतियोगीता सम्पन्न भईसकेको छ । डब्लीङ थ्रो र सटफुट अन्र्तगत छात्र र छात्रा दुबै तर्फका खेल सम्पन्न भएको गाउँपालिकाका प्रबक्तmा जिवन उचै ठकुरीले जानकारी दिनुभयो ।
जसमा २५ अंक सहित पहिलो स्थानमा बालारानी माबि रहेको छ । त्यस्तै २२ अंकका साथ दोस्रो स्थानमा सुर्य माबि रहेको छ भने तस्रो स्थानमा १८ अंक सहित गोलाङधाम आधारभुत बिद्यालय रहेको छ । अन्य बिद्याका खेलहरु संगै भोली प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको समापन हुने आयोजकले जनाएको हो । प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयहरुले प्रतिस्पर्धा गरेका छन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।

सम्बन्धित खवर